राजनीति


विधेयकको प्राथमिकता निर्धारण गर्न आज अर्थमन्त्रीसँग छलफल गर्दै अर्थ समिति

विधेयकको प्राथमिकता निर्धारण गर्न आज अर्थमन्त्रीसँग छलफल गर्दै अर्थ समिति

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८१ बुधबार १०:५९, काठमाडौँ

प्रतिनिधि सभाको अर्थ समितिले आज अर्थमन्त्रीसँग छलफल गर्दै छ।

समितिले अहिले बिहान अर्थमन्त्रीको उपस्थितिमा समितिमा प्राप्त विधेयक अघि बढाउन प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्न लागेको हो।

हाल प्रतिनिधि सभाअन्तर्गतका १० समितिमध्ये अर्थ समितिमा सबैभन्दा धेरै विधेयक छन्।

कुन विधेयक पहिला छलफल गरी टुङ्ग्याउने भन्ने विषयमा समितिले आज मन्त्रीसँग छलफल गर्न लागेको हो।

मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नु परेका नीतिगत एवं व्यावहारिक समस्या र समाधानका उपाय सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने समितिले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad