राजनीति


पूर्वसभामुख ढुंगानाको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

पूर्वसभामुख ढुंगानाको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

नेपालखबर
मंसिर २, २०८१ आइतबार १७:४७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन्।

‘पूर्वसभामुख दमननाथ दुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैँ स्मरण हुनेछ। प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु’ राष्ट्रपतिले भनेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुङ्गानाको योगदान विशिष्ट रहेको स्मरण गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

बानेश्वरस्थित एक अस्पतालमा उपचारका क्रममा ८१ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे ढुंगानाको निधन भएको हो। उनी कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad