निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल तोकिएकी छिन्। शुक्रबार बसेको आयोगको बैठकले प्रवक्तामा पोखरेललाई तोक्ने निर्णय गरेको हो।
पोखरेल आयोगमै कार्यरत सहसचिव हुन्। यसअघि आयोगको प्रवक्ता नारायणप्रसाद सापकोटा थिए।
शुक्रबार आयोगका सहायक प्रवक्ता दुर्गा चालिसेले पोखरेललाई प्रवक्ता तोकिएको एक विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
90
Shares

प्रतिक्रिया