राजनीति


सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छ : शेखर कोइराला

सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छ : शेखर कोइराला

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १७:२९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानुन बनाउनुपर्ने बताएका छन्।

बिहीवार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक-२०८० बारे बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताए।

उनले सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डहरुसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने स्पष्ट पारे।

उनले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग गरे।

नेता कोइरालाले भने, ‘यो विधेयकको बारेमा कुरा गर्ने हो भने त धेरै कुरा छ। यो विधेयक त रिराइट नै गर्नुपर्छ जस्तो मलाई लाग्छ। किन यस्तो भइरहेको छ भने स्टेक होल्डरसँग हामीले सरसल्लाह नगरी अघि बढेका छौँ। सरकार निरंकुश हुन्छ भन्नेकुरा बुझौँ। स्टेक होल्डरसँग हरेक कानुन बनाउँदा सरसल्लाह गर्यौँ भने हामी तपाईंहरुले सोचेको जस्तो कानुन बनाउँछौँ। सरकारले त जहिले पनि नागरिकलाई पनिस्मेण्ट दिने हिसावले कानुन बनाएको देखिरहेको छु। भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad