राजनीति


भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने भ्रमणमा नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने भ्रमणमा नेपाल आउँदै

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १२:५५, काठमाडौँ

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी मंसिर ५ गते पाँच दिने नेपाल भ्रमणमा आउने भएका छन्।

सैनिक मुख्यालय जंगी अड्डाद्वारा जारी विज्ञप्तिअनुसार, भ्रमणका दौरान द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटघाट एवं छलफललगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ। 

भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। साथै, उनले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री, रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।

मंसिर ९ गतेसम्म नेपालमा रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad