राजनीति


प्रधानमन्त्री ओली जुम्ला जाँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहलाई सम्बोधन गर्ने
प्रधानमन्त्री ओली जुम्ला जाँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८१ बुधबार ९:४६, काठमाडौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बुधबार (आज) हुँदैछ। समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने कार्यक्रम छ। 

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा.अञ्जनीकुमार झालगायत सहभागी हुनेछन्। 

यस्तै, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा.डबलबहादुर धामीले बताए। 

‘स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएस १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन्’, उनले भने।

दीक्षित हुने विद्यालय स्वदेश तथा विदेशका पनि रहेका विद्यालयका उपकुलपति प्रा।डा।मंगलबहादुर रावलले जानकारी दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले बताए। 

दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ। दीक्षान्त समारोहमा भाग लिएपछि प्रधानमन्त्री ओलीले प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम छ। 

यसअघि गत भदौ २३ गते तय गरिएको दीक्षान्त कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली नर्आएका कारण रोकिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad