राजनीति


रविलाई भेटेपछि स्वर्णिमले भने- रास्वपाप्रति सहानुभूति बढेको छ

रविलाई भेटेपछि स्वर्णिमले भने- रास्वपाप्रति सहानुभूति बढेको छ

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १६:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीतिक प्रतिशोध साँध्नकै कारण अनावश्यक रुपमा हिरासतमा राखिएको दाबी गरेका छन्। 

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर सभापति लामिछानेसँग भेट गरेपछि वाग्लेले राजनीतिक दलहरूले प्रतिशोध साँधेको दाबी गरे।

‘हामीले कात्तिक २ देखिनै यो राजनीतिक प्रतिशोध साँध्न रवि लामिछानेलाई अनावश्यक हिरासतमा राखेको छ। न्यायीक अनुसन्धानको विरोध गरेका छैनौँ,’ वाग्लेले भने, ‘विधिको शासनमा टेकेर सुधार्दै जानुपर्छ भन्ने कुरामा हामीलाई कुनै द्वीविधा छैन।’

साथै, उनले रवि लामिछानेको पक्राउपछि अझै सहानुभूति बढेको दाबी गरे। 

‘हिजो त १३ दिन राखियो। यो अति नै भयो। रवि जी र रास्वपाप्रति सहानुभूति बढेको छ। कानुनी प्रावधानको दुरुपयोग भएको छ,’ वाग्लेले भने।

उनले पार्टीको दोस्रो चरणको आन्दोलन सुरु भएको र अझै चर्काउने पनि बताएका छन्। 

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका सभापति लामिछानेलाई अदालतले हिजो (आइतबार) १० दिनको म्याद थप गरेको छ। 

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए। 

लामिछानेलाई मंगलबार बुटवल लगिने भएको छ। हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad