राजनीति


सरकारले ठूला दलका भ्रष्ट र अपराधीलाई जोगाउने काम गरेको छ : प्रभु साह

सरकारले ठूला दलका भ्रष्ट र अपराधीलाई जोगाउने काम गरेको छ : प्रभु साह

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १६:२५, रौतहट

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको बताएका छन्। करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक मचाएको उनले आरोप लगाए।

दिपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले शान्ति सुरक्षा कायम गर्न असफल भएको ओली सरकार हरेक बस्तुमा कर आतंक मचाएको टिप्पणी गरे।

‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ। हत्या, हिंसा, लुट, भ्रष्टाचार बढदै गईरहेको छ। सँगसँगै हरेक बस्तुमा प्रधानमन्त्री ओलीको सरकारले करमाथि कर लगाउने र नागरिकलाई लुट्ने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘हामीभन्दा ठूलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने? भारतमा २ लाखमा पाउने मोटरसाइकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? यहाँ ओली सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो।’

शान्ति सुरक्षा कायम गर्न असफल भएको भएको बताउँदै उनले अहिले सबै क्षेत्रमा सरकारी आतंक मच्चाइएको बताए। सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाईरेको भन्दै उनले विभिन्न ठूला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको दाबब गरे।

‘अहिले सरकारी आतंक मचिएको छ। सरकारले सत्तारुढ दलका अपराधि, भ्रष्टलाई जोगाउने काम मात्रै गरेको छ। सत्तारुढ दलका नेताहरू नाँगै हिँड्दा समेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दुःख दिने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘गाउँदेखि सहरसम्म सत्तारुढ दलको आतंक मचिएको छ। प्रहरी प्रशासन देखि सबै क्षेत्रमा सरकारी आतंकले सर्वसाधारण नागरिकले दुःख पाइरहेका छन्।’

आजपा ईशनाथ कमिटीद्वारा आयोजित कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, स्थाई कमिटी सदस्यहरू श्रीभगवान पटेल, नरेश तुरहा, लालबाबू मंसूरी लगायतका नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad