हङकङ : जन्मदर बढाउन सरकारी कार्यालयमा बच्चाको तस्बिर राख्न प्रस्ताव

हङकङ : जन्मदर बढाउन सरकारी कार्यालयमा बच्चाको तस्बिर राख्न प्रस्ताव

हङकङमा यस वर्ष जुन र सेप्टेम्बरको बीचमा जन्मिएका बालबालिकाको संख्या ११ हजार ८०७ रहेको छ जुन गत वर्षको सोही अवधिमा १० हजार ७४९ थियो (एससीएमपी)


नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १६:४०, हङकङ

प्रजनन क्षमतालाई प्रवर्द्धन गर्ने उद्देश्यस्वरुप हरेक सरकारी कार्यालयमा बच्चाको तस्बिर राख्न हङकङका सांसदले सुझाव दिएका छन्। सहरमा प्रजनन क्षमता प्रवर्द्धन गर्ने एसएआर सरकारको प्रयासमा सांसदहरूको यस्तो सुझाव आएको हो।

सोमबार लेगको बैठकमा बोल्दै सांसद बिल ताङले प्रत्येक सरकारी कार्यालयमा बच्चाको तस्बिर राख्न प्रस्ताव गरेका हुन्। यसले सरकारी कर्मचारीहरूबाट सुरु गरेर मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्ने वातावरण सिर्जना गर्न सकिने उनको भनाइ छ।

‘सबै सरकारी कार्यालयले हाम्रा निजामती कर्मचारीलाई हौसला दिन बच्चाहरूको तस्बिर राख्नु पर्छ,’ बैठकमा बोल्दै उनले भने, ‘जब उनीहरूले बच्चाका तस्बिर देख्छन्, ओभरटाइम काम गर्न चाहँदैनन् र बरु घर गएर आफ्ना/आफ्ना श्रीमान्‌/श्रीमतीसँग समय बिताउँछन्।’ उनले प्रस्ताव राख्दा बैठकमा हलमा हाँसो गुञ्जिएको थियो।

स्थिर जागिर र आम्दानी भएका निजामती कर्मचारीले सन्तान जन्माउन सक्ने सम्भावना बढी रहेको पनि उनको तर्क थियो।

यस्तै, उक्त बैठकमा बोल्दै श्रम तथा कल्याण उपसचिव हो काइ-मिङले प्रसूतिलाई प्रोत्साहन गर्न विभिन्न उपाय अपनाइएपछि यस वर्षको जुनदेखि सेप्टेम्बरसम्म ११ हजार ८०७ शिशु जन्मिएको र गत वर्षको सोही अवधिको तुलनामा ९.८ प्रतिशतले वृद्धि भएको बताए।

बैठकमा उपस्थित सदस्यले जन्मदर बढाउने सम्बन्धमा आ-आफ्ना धारण व्यक्त गरेका थिए। सांसद डोरिन कङ युकले साना र मझौला उद्यमहरूको लागि अभिभावकीय बिदामा लचिलोपनलाई बढावा दिन सुझाव दिए।
उनको भनाइतर्फ इंगित गर्दै सरकारी अधिकारीले कम्पनीहरूलाई नरम दृष्टिकोणमार्फत परिवार-मैत्री उपायहरू लागू गर्न प्रोत्साहित गरिने र पितृत्व बिदा विस्तार गर्न विचार गर्ने जवाफ दिएका थिए।

सरकारी कार्यालयहरूमा बच्चाको तस्बिर प्रदर्शन गर्ने विचारलाई पनि आफ्नो समर्थन रहेको उनको भनाइ थियो। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .