राजनीति


उपप्रधानमन्त्री सिंहको आक्रोश : विधिको शासनका लागि ज्यान दिनेलाई नै प्रश्न गर्ने?

उपप्रधानमन्त्री सिंहको आक्रोश : विधिको शासनका लागि ज्यान दिनेलाई नै प्रश्न गर्ने?

फाइल फोटो


नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १५:१, काठमाडौँ

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधिको शासनको लागि ज्यान दिने र दुख गर्नेहरूलाई  नै प्रश्न गर्ने गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

काठमाडौं १ को आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत घट्टेकुलोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालको राजनीतिमा पछिल्लो समय विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भइरहेकोतर्फ सचेत रहन पनि आग्रह गरे।

‘विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने प्रवृत्ति देशलाई कहाँ पुर्याउँछ? त्यसले राष्ट्रियता कहाँ पुग्छ? ख्याल गर्नुपर्छ,’ उनले भने, ‘फेसबुकमा कसैले लेख्दियो त्यसैको पछि कुद्ने? लेख्ने र हेर्ने अधिकार सबैलाई छ। तर, सहि गलत छुट्याउने जिम्मेवारी त तपाईं हाम्रो हो नी।’

उनले आफूले काठमाडौं १ बाट ४ पटक निर्वाचित हुँदा कुनै गलत नगरेकै कारण मतदाताले इमानदार भएकैले पटक पटक जिताएको दाबी गरे। आफू राजनीतिमा लाग्दा दलहरू प्रतिबन्धित अवस्थामा रहेको स्मरण गर्दै  जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राजनीतिमा होमिएको उनको भनाई थियो।  

‘शाही आयोगले समाउँदा विधिको शासन हुनुपर्छ। संविधानमै नभएको कुरा राजाले ल्याउँद‌ैमा हुन्छ? अवैधानिक छ भनेर मैले भन्दा जेलमा लगेको हो। तर, पछि सर्वोच्च अदालतले मेरो गिरफ्तारी अवैधानिक हो नभन्दासम्म त जेलमा राखेकै हो’ सिंहले अगाडि भने, ‘हामी पुर्खाको सम्पत्ति बेचेर राजनीतिमा टिक्नुपर्ने। अनि चप्पल लगाएर आएको भन्छन्। कसको ब्यागग्राउन्ड के हो बुझ्नुपर्यो नी।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले विधिको शासन सबैलाई बराबरी हुने पनि बताए। पुरानो दल भएन भन्नेहरूले के कारणले भएन र नयाँले गर्छन् भन्नेले के करणले गर्छन् भन्ने आधार देखाउन नसकेको भन्दै उनले नागरिकलाई यसरी गुमराहमा राख्ने प्रवृत्तितर्फ सचेत रहन पनि आग्रह गरे।

राजनीतिमा बोलेर मात्र नहुने भन्दै आफू काम गरेर देखाउन लागिपरेको सिंहको भनाई थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad