राजनीति


प्रस्तावित सर्वोच्चका दुई न्यायाधीश र बेल्जियमकी राजदूतको सुनुवाइ कात्तिक १४ गते

प्रस्तावित सर्वोच्चका दुई न्यायाधीश र बेल्जियमकी राजदूतको सुनुवाइ कात्तिक १४ गते

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १३:२, काठमाडौँ

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला, नित्यानन्द पाण्डे र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको कात्तिक १४ (बुधबार) संसदीय सुनुवाइ हुने भएको छ। 

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशद्वय निरौला, पाण्डे र राजदूत लम्सालको एकैदिन सुनुवाइ गर्नेगरी सचिवालयले प्रस्ताव पारित गरेको हो। 

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उनीहरूको सुनुवाइको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रस्तावसहित कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए।

‘सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्ट्याईं र औचित्यतता प्रष्ट गर्न लगाउने। बेल्जियमका लागि नेपाली राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावि कार्यतालिका परिमार्जन समिति पारित गरिएको छ। समितिको अर्को बैठक यही कार्तिक १४ गते बिहान ८ बजे बस्नेगरी यो बैठक स्थगित हुन्छ,’ उनले भने।

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन्। 

समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad