राजनीति


देशलाई भ्रष्टाचारको दलदलमा फसाएर अस्तित्व मेट्ने प्रयास भइरहेको छ : सापकोटा

देशलाई भ्रष्टाचारको दलदलमा फसाएर अस्तित्व मेट्ने प्रयास भइरहेको छ : सापकोटा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १३:३७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पछिल्लो समय देशलाई भ्रष्टाचारको दलदलमा फसाएर देशको अस्तित्व मेट्न लागिरहेको दाबी गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष सापकोटाले देशमा विचार निर्माण र जनताको दुःखबाट बचाउनका लागि माओवादी केन्द्र सधैँ तत्पर रहेको जिकिर गरे। 

‘भ्रष्टाचार भनेको कुनै पैसाको कुरा होइन। भ्रष्टाचार भनेको राष्ट्रिय सुरक्षा हो, राष्ट्रियता हो। भ्रष्टाचारले आक्रान्त हुँदै राष्ट्रलाई कमजोर पार्दै अहिले हाम्रो महान गौरवशाली मातृभूमि नेपाललाई भ्रष्टाचारको दलदलमा फसाएर देशको अस्तित्व मेट्न लागिरहेका छन्,’ सापकोटाले भनेका छन्। 

साथै, उनले माओवादीले अहिले विचार निर्माण, रुपान्तरण र शुद्धिकरणको अभियानमा काम गरिरहेको बताए।

‘पार्टीलाई एकतावद्ध गर्दै तीन करोड नेपाली जनतालाई विश्वासमा लिँदै अघि बढ्ने हो भने नेपाली जनताको समाजवाद स्थापना गर्ने कुरा स्थापित भइछाड्ने छ,’ उनले भने, ‘यो सभा हाम्रो पार्टीका लागि रुपान्तरण, यो शुद्धिकरण हो। आन्दोलनको पनि शुद्धिकरण हो। हामी एक एक गरी व्यवहारबाट यो सावित गर्नेछौँ।’

उनले आवश्यक परेको खण्डमा माओवादीले सधैँ विपद्को भूमरीबाट देशलाई बचाउन लागिपरेको पनि बताए।

‘त्यसकारण अब विकल्प छैन। यो देशमा विचारको निर्माण र आवश्यक पर्दा देशका जनतालाई विपद्को भूमरीबाट बचाउनका लागि हामी माओवादीहरू तयार छौँ। त्यसका लागि हामीले अहिले महाअभियान सुरु गरेका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad