राजनीति


सत्ता गठबन्धनको दाबी- सरकार बदलिने हल्ला निरर्थक र भ्रमपूर्ण हो

सत्ता गठबन्धनको दाबी- सरकार बदलिने हल्ला निरर्थक र भ्रमपूर्ण हो

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १७:४३, काठमाडौँ

सत्तामा रहेका ७ राजनीतिक दलले सरकार परिवर्तनको हल्ला निरर्थक र भ्रमपूर्ण रहेको दाबी गरेको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अहिलेको सरकारमा कुनै समस्या नभएको विश्वास व्यक्त गरेको गृहमन्त्री रमेश लेखकले बताए। 

उनका अनुसार, अहिले सरकार परिवर्तनबारे निरर्थक र भ्रमपूर्ण हल्ला चलाइएको र त्यस्तो कुनै सम्भावना भने नरहेको बैठकले प्रष्ट पारेको छ। 

‘निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला। यो सरकार बदलिन्छ, आज बदलिन्छ भन्ने जुन कुरा छन्, त्यसका पछाडि कुनै तर्क र अर्थ छैन। निरर्थक र भ्रमपूर्ण कुरा हो,’ गृहमन्त्री लेखकले भने, ‘अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडि बढिरहेको छ। त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ।’

साथै, आजको बैठकले सरकारले एक सय दिनमा गरेको काम सफल भएको निष्कर्ण पनि निकालेको छ। 

‘आजको बैठकले सरकारले प्रारम्भमा सरकारले सय दिनमा गरेका कामको आधारमा सफलतापूर्वक अघि बढिरहेको छ भन्ने निष्कर्ष निकालेका छाँैँ,’ लेखकले भने, ‘अहिले बाढीपहिरोबाट जुन जनधनको क्षति भएको छ, त्यसलाई ठिक ढंगले अघि बढाउन पनि सरकार सचेतनापूर्वक अघि बढ्नुपर्छ भन्ने आजकोे बैठकले प्रतिवद्धता व्यक्त गरेको छ।’

सत्ता गठबन्धनको बैठक हरेक महिना बस्ने निर्णय भएको पनि गृहमन्त्री लेखकले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad