सरकारले एक सय दिनको अवधिमा गरेका काम सार्वजनिक गर्ने भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले सरकारका कामबारे साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो।
सत्ता गठबन्धनको अर्को बैठक शुक्रबार बसेर साझा धारणा सार्वजनिक गर्ने निर्णय भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।
प्रधानमन्त्री ओलीले भने आजै दिउँसो ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्ने भएका छन्।
तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विस्तापित गर्दै गत असार ३० गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो।
12
Shares

प्रतिक्रिया