काठमाडौँबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
मंगलबार साँझ दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ पर्नेमा रौतहटको गुजारा नगरपालिका ३ बालुवा घर भएका २० वर्षीय नासिम शेख छन्।
रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज १९१० नम्बरको टाटासुमोमा सवार उनलाई सवारी साधन जाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो।
शंकाको आधारमा शेखले साथमा बोकेको झोला जाँच गर्दा ठूलो परिणाममा लागु औषध बरामद भएको हो। उनको साथबाट नुफिनको ५९३ एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेपाम ६८८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
ती लागु औषध उनले पानीटेपले बेरेर झोलामा हालेर लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको प्रहरीको भनाई छ। उनलाई प्रहरी वृत्त कीर्तिपुरमा राखेर थप अनुसन्धान भइरहेको छ।
Shares

प्रतिक्रिया