राजनीति


मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद् बैठक स्थगित

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १५:१०, काठमाडौँ

मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। सोमबार साँझ सवा ५ बजेका लागि तय भएको बैठक स्थगित भएको एक मन्त्रीले जानकारी दिए। 

अर्को मन्त्रिपरिषद् बैठक कहिले बस्छ भन्नेबारे यकिन भइनसकेको ती मन्त्रीले जानकारी दिए। 

प्रधानमन्त्रीको सचिवालयले साँझ सवा ५ बजे मन्त्रिपरिषद्  बैठक राखिएको जानकारी गराएको थियो। यद्यपि अन्तिम अवस्थामा बैठक स्थगित भएको हो। 

आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल हुनसक्ने बताइएको थियो। सरकारले दलहरू फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी अघि बढाएको छ। 

तर, शीर्ष नेताहरूले यसबारे खुलेर जानकारी दिएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad