राजनीति


च्यासलमा नेकपा एमालेको सचिवालय बैठक

च्यासलमा नेकपा एमालेको सचिवालय बैठक

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १७:३७, काठमाडौँ

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो। 

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। यद्यपि, आइतबारको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रचार तथा प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले नेपालखबरलाई जानकारी दिए। 

‘समसामयिक राजनीतिको पछिल्लो घटनाक्रमको बारेमा आज छलफल हुन्छ,’ गौतमले भने। 

पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेको पक्राउबारे पनि बैठकमा छलफल हुनसक्ने बताइएको छ। रविलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएको छ। 

कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आइतबार अनुमति पनि दिएको छ। 

यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो। 

लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो।

त्यसयता, एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad