राजनीति


गिरिजाप्रसाद पछि कांग्रेसमा नेतृत्व अभावः डा. रिजाल

गिरिजाप्रसाद पछि कांग्रेसमा नेतृत्व अभावः डा. रिजाल

नेपालखबर
असार १८, २०७६ बुधबार १५:३,

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले अहिलेको उपलब्धिको श्रेय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जाने बताएका छन्।

जिपी कोइराला फाउण्डेशन चितवन क्षेत्र नं– २ ले कोइरालाको ९६औँं जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजना गरेको नेपालको ‘जनक्रान्ति, जनआन्दोलन, जनआन्दोलन दुई तथा गणतन्त्र र गिरीजाप्रसाद कोइराला’ विषयक प्रवचन कार्यक्रममा देशमा आर्थिक विकासदेखि अन्य क्षेत्रको विकासको प्रारम्भ उनकै पालाबाट शुरु भएको उनको भनाइ थियो।

उनले भने, ‘अहिले पार्टीका लागि चुनौती भनेको निडर र त्यागी नेता नहुनु हो। कार्यकर्ताले कसको मुख हेरेर विश्वास गर्ने?’

पार्टीलाई चलायमान र विश्वासिलो नेता भेट्टाउनका लागि तल्लो तहबाटै नेतृत्व छनोटको व्यवस्था गर्नु आजको आवश्यकता रहेको नेता रिजालले बताए।

पार्टी र राष्ट्रलाई चुनौती हुँदा जनतामाझ जानसक्ने नेताको अभावका कारण काङ्ग्रेस यो अवस्थामा आएको उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .