राजनीति


प्रधानमन्त्री उद्धार कोषमा कांग्रेसको ५० लाख

प्रधानमन्त्री उद्धार कोषमा कांग्रेसको ५० लाख

नेपालखबर
असोज २०, २०८१ आइतबार १६:४१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामबारे सुझावसहित प्रधानमन्त्री उद्धार कोषका लागि आइतबार ५० लाख रूपैयाँबराबरको चेक हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन्। पार्टीका सांसदहरूको आधा महिनाको पारिश्रमिकसमेत उक्त रकम हस्तान्तरण गरेको कांग्रेसले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए।

उनले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्ने विश्वास पनि दिलाए।

कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्वतयारी गर्न एकताबद्ध भएर लाग्न सरकारलाई आग्रह गरेको छ। सो अवसरमा गृहमन्त्री रमेश लेखक, दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad