ad ad

राजनीति


पर्यटन मन्त्री र आन्दोलनरत क्याभिन क्रुबीचको वार्ता सकारात्मक

पर्यटन मन्त्री र आन्दोलनरत क्याभिन क्रुबीचको वार्ता सकारात्मक

नेपालखबर
असोज १९, २०८१ शनिबार १२:५९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न गरेका छन्।

विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका २ वटा उडान रद्ध भएका थिए। ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै  आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक/परिचारिका) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।

‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछु‌ट्टै आदेश दिएको छ,’छलफलका क्रममा मन्त्री पाण्डेले भने,‘ भने, ‘उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन। यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन यसबारे कानुनविद् र महान्यायाधिवक्तासँग बुझ्‌छौ। चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस्।’

मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवं परिचालकहरुले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन्। निगममा  कार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए। 

उक्त मुद्दाको किनारा लागेको छैन। निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .