ad ad

राजनीति


पाटन अस्पतालको अनुगमनपछि स्वास्थ्यमन्त्रीले भने– खराबमध्येको राम्रो भएर मात्र भएन

पाटन अस्पतालको अनुगमनपछि स्वास्थ्यमन्त्रीले भने– खराबमध्येको राम्रो भएर मात्र भएन

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १५:४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन्। 

शुक्रबार अस्पतालको अवलोकनका क्रममा उनले प्रतिष्ठानले अन्य सरकारी अस्पतालका तुलनामा प्रतिष्ठानको सेवा राम्रो रहेको भए पनि अझ उदाहरणीय बनाउनुपर्ने बताए।

‘तपाईंहरूको सेवा तुलनात्मक रुपमा राम्रो छ, तर खराबमध्ये राम्रो मात्र भएर भएन, यसलाई अझ उदाहरणीय बनाउन जरुरी छ’, उनले भने।

मन्त्री पौडेलले अस्पतालले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सेवा दिन आग्रह गरे। ‘तपाईंहरूले अनलाइनमार्फत सेवा थाल्नुभएको छ,’ उनले भने, ‘तर यो धेरै नागरिकले थाहा पाउने गरी हुुनुपर्‍यो। र, अझ सहज हुने गरी हुनुपर्‍यो।’

मन्त्री पौडेलले अस्पताललाई अब विशिष्टिकृत बिरामीहरूको पनि उपचार हुने गरी सेवा विस्तार गर्न सुझाव दिए।

आफू अस्पताललाई के चाहिएको छ भनेर बुझ्न पनि आएको भन्दै मन्त्री पौडेलले सेवालाई प्रभावकारी बनाउन चाहिने कुरामा सघाउन मन्त्रालय तयार रहेको जिकिर गरे। 

मन्त्री पौडेलले अस्पतालमा बिरामीको चाप र साँघुरो भवनका कारण परेको अप्ठेरो आफूले महसुस गरेको भन्दै प्रतिष्ठानको भवनका लागि सकेसम्म सरकारी नभए वैदेशिक सहायता भए पनि खोज्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

‘यसवर्षको बजेट आइसकेकाले स्रोत नभएपनि अरु विकल्प वा वैदेशिक सहायताका लागि भए पनि भवनको स्रोत जुटाउन मेरो पहल हुनेछ,’ मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले विपद्का क्रममा घाइते बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिए।

प्रतिष्ठानका रजिष्ट्रार डाक्टर पारसकुमार आचार्यले दैनिक १५ सय हाराहारीमा ओपीडी बिरामीको उपचार गरिएको भन्दै सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .