ad ad

खेल


सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा

नेपालखबर
असोज १६, २०८१ बुधबार १९:१७, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले जगत टमाटालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पूर्व राष्ट्रिय टिमका खेलाडी टमाटाले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्। 

राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सले टमाटालाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको बुधबार जानकारी गराएको हो। 

टमाटाले राष्ट्रिय महिला क्रिकेट टोली,पुरुष क्रिकेट टोली र १९ वर्ष मुनिको टोलीलाई प्रशिक्षण गरिसकेका छन्। 

टमाटाकै प्रशिक्षणमा नेपालले एक दिवशीय क्रिकेटको मान्यता पाएको थियो। हाल उनी राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टका रुपमा क्यानडामा छन्। 

क्यानडामा नेपालले एकदिवशीय र टी–२० सिरिज खेलिरहेको छ। सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्यानेजमेन्ट प्रालिसँग रहेको छ। 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिगमा ८ टोली सहभागी हुनेछन्। मंसिर १६ गतेदेखि सुरु हुने लिग पुस ६ गतेसम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .