ad ad

राजनीति


प्रधानमन्त्रीको स्पष्टीकरण- पानी पर्दापर्दै अमेरिकाबाट हिँडेँ, यस्तो होला भन्ने अनुमान थिएन

प्रधानमन्त्रीको स्पष्टीकरण- पानी पर्दापर्दै अमेरिकाबाट हिँडेँ, यस्तो होला भन्ने अनुमान थिएन

तस्बिर : सरोज बैजु


नेपालखबर
असोज १५, २०८१ मंगलबार १७:१०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अमेरिका भ्रमणमा हुँदा नेपालमा आएको प्राकृतिक विपत्तिका बारेमा निरन्तर आफू सम्पर्कमै रहेर काम गरेको दाबी गरेका छन्। 

सोमबार अपरान्ह अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले गत असोज ११ र १२ गते आएको वर्षाका कारण भएको विपत्तिबारे जानकारी लिएर आफू तत्काल अमेरिकाबाट फर्किएको बताए। 

‘१० गते त्यस्तो भइसकेपछि ११ र १२ गते म त आउने तयारीमै हुँदै थियो। १२ गते बिहानै पानी पर्दापर्दै अमेरिकाबाट हिँडेको हुँ। म यहाँ भइनँ भन्ने कुरा पनि मान्छेले उठाए,’ प्रधानमन्त्री ओलीले भने। 

उनले आफू त्यसबारे सबै कुरामा अलर्ट भएर सरकारका निकायलाई परिचालन गर्न निर्देशन दिएको बताएका छन्।

‘म जानुअघि नै विपत्ति भएको होइन। ७ गते अलर्ट भइससकेपछि मेरो कुराकानी भइरहेको थियो। सरकारसँग पनि, मन्त्रीजीहरूसँग कुरा भएको थियो। सबै ठिक ढंगबाट जाने भन्ने थियो। मलाई पनि यस ढंगको अनुमान थिएन,’ प्रधानमन्त्री ओलीले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .