ad ad

राजनीति


विद्यार्थी संगठनको सम्मेलनमा प्रचण्डले भने– तपाईंहरू सडकको बाघ, म संसद्को सिंह

विद्यार्थी संगठनको सम्मेलनमा प्रचण्डले भने– तपाईंहरू सडकको बाघ, म संसद्को सिंह

अनेरास्ववियू (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड (तस्बिर : सरोज बैजु)


नेपालखबर
असोज १०, २०८१ बिहिबार १६:२९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रतिनिधि सभाको सिंह बनेर निस्किएको दाबी गरेका छन्। बिहीबार अनेरास्ववियू (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

आफ्नो दल सरकारबाट बाहिर निस्कँदैगर्दा विद्यार्थीहरू सडकका बाघ र आफू चाहिँ प्रतिनिधि सभाको सिंह भएर निस्किएको प्रचण्डले दाबी गरे। 

‘हामी सरकारबाट बाहिर निस्कँदै गर्दा तपाईंहरू सडकको बाघ, म चाहिँ प्रतिनिधि सभाको सिंह भएर निस्किएको छु,’ प्रचण्डले भने, ‘तपाईंहरूले सडकको बाघ भन्नुभएको छ, म सलाम गर्न चाहन्छु। तपाईंहरू बाघ नै भएर निस्किनुपर्छ।

साथै, उनले  प्रतिक्रियावादी र दलालहरूले संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेको बताए। 

‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिँदैगर्दा प्रतिक्रियावादी र दलालहरूले संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेका छन्। अब हामी जनताको बीचमा गएर जनताको तागत लिएर यिनका विरुद्धमा लड्नेछौँ भनेर कमिटमेन्ट गरेको थिएँ,’ उनले भने। 

उनले विद्यार्थीहरूलाई अपिल गर्दै थप अघि भने, ‘आज राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा विद्यार्थी साथिहरूलाई अपिल गर्न चाहन्छु, तपाईंहरूको साथ मिल्यो भने केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .