प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। हाल ओलीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
शनिबार एक सन्देश पठाउँदै चीनका राष्टिपति सीले भनेका छन्,‘मैले प्रधानमन्त्री ओलीले हालै किड्नी प्रत्यारोपण गरेको सूचना पाएको छु। चिनियाँ सरकार र यहाँका नागरिक हामी तपाइँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौं।’
सन्देशमा सीले भनेका छन्,‘म कम्युनिष्ट पार्टीहरु र देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन, विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग बढाउन र दुवै देशका जनतालाई फाइदा पुर्याउनका लागि तपाइँसँग मिलेर काम गर्न चाहन्छु।
हाल प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आउँदै गएको अस्पताल स्रोतले जनाकारी दिएको छ।
प्रतिक्रिया