ad ad

राजनीति


कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

नेपालखबर
असोज २, २०८१ बुधबार २०:१६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलको प्रतिवेदन हस्तान्तरण गरिएको छ।

गत भदौ २३ गते कांग्रेस-एमाले नेतृत्वले सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र  प्रवक्ता प्रकाशरण महत थिए। यस्तै एमालेबाट उपमहासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवाली थिए।

असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच सत्तासहकार्य गर्ने सहमति भएको थियो।

असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।

२ महिना भइसक्दा समेत सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक भएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .