ad ad

राजनीति


सहकारी छानबिन समितिमा प्रधानमन्त्री– दोषी नउम्कने प्रतिवेदन कुरिरहेको छु (तस्बिरहरू)

सहकारी छानबिन समितिमा प्रधानमन्त्री– दोषी नउम्कने प्रतिवेदन कुरिरहेको छु (तस्बिरहरू)

नेपालखबर
भदौ २९, २०८१ शनिबार २१:२८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग छलफल गरेका छन्।

शनिबार साँझ सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकमा सहभागी भएर प्रधानमन्त्री ओलीले समितिले ल्याएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले  ठगीमा संलग्न दोषी जोसुकै भए पनि नउम्किने र निर्दोष नफस्ने गरी समितिले छानबिन गरी प्रतिवेदन प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका थिए। 

दिनभरका अन्य कार्यक्रम सकेर साँझ ८ बजे समितिको बैठकमा पुगेका प्रधानमन्त्री ओलीले सरकारले कारबाहीका लागि समितिको प्रतिवेदन कुरिरहेको पनि बताएका छन्।

तस्बिरहरूः

सबै तस्बिरहरू : सभापति सूर्य थापाको फेसबुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .