ad ad

ग्लोबल


उत्तर प्रदेशको मेरठमा भवन भत्किँदा १० जना पुरिए

उत्तर प्रदेशको मेरठमा भवन भत्किँदा १० जना पुरिए

घटनास्थल


नेपालखबर
भदौ २९, २०८१ शनिबार २१:१९, काठमाडौँ

भारतीय राज्य उत्तर प्रदेशअन्तर्गत मेरठको जाकिर कोलोनीमा शनिबार राति भवन भत्किँदा कम्तीमा ८ जना पुरिएका छन्। अहिले उद्धार प्रयास जारी छ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मेरठ डिभिजन कमिस्नर सेल्वा कुमारीले भनिन्, ‘जाकिर कालोनीमा एउटा भवन भत्किएको छ। यसमा ८–१० जना पुरिएका छन्। उद्धार जारी छ। बत्तीको व्यवस्था गरिएको छ र मेसिनहरू पनि आइपुगेका छन्।’ 

उनले थपिन्, ‘पुलिस र दमकलका अधिकारीहरूले उद्धार गरिरहेका छन्। सेना, एनडीआरएफ र एसडीआरएफलाई पनि खबर गरिएको छ।’

कति हताहती भयो भन्ने प्रश्नमा सेल्वा कुमारीले भनिन्, ‘अहिले नै यकिन गर्न सकिन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .