ad ad

राजनीति


अमेरिकी प्राइमरी चुनावः वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा

अमेरिकी प्राइमरी चुनावः वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ९:५३,

डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उनी एकमात्र महिला प्रतिनिधि थिइन्। अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेन मात्र चुनावी प्रतिस्पर्धामा छन्।

गत मङ्गलबार सम्पन्न चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेकामा दुःखी भएकी ७० वर्षीया सिनेटर वारेनले म्यासाचुसेट्स राज्यको क्याम्ब्रिजस्थित निवासमा संवाददाताहरुसँग भने, “मैले राष्ट्रपतिका लागि चुनावी दौड स्थगित गरेकी छु। तर म प्रत्येक सङ्घर्षशील व्यक्तिहरुको पक्षमा निरन्तर कार्य गर्नेछु।”

तर उनले राष्ट्रपतिको चुनावी दौडमा बाँकी रहेका दुई वयोवृद्ध व्यक्ति जो बाइडेन वा बर्नी स्यान्डर्समध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णयमा पुगिनसकेको बताइन्।

एमएसएनबीसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै सिनेटर वारेनले आफूले जो बाइडेनलाई अति सम्मान गर्ने तर उनीसँग धेरै विषयमा विमती रहेको बताइउन्। उनले स्यान्डर्ससँग आफ्नो नजिकको सम्बन्ध रहेको र धेरै विषयमा मिलेर सहकार्य गरेको प्रतिक्रिया दिइन्।

Image result for bernie sanders and biden

बर्नि र बाइडेन

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने गरी कुनै पनि महिला छनौट हुन नसक्नु दुःखद भएको उनको भनाइ छ। “अमेरिकी महिलाहरुले देशको सर्वोच्च पदका लागि अरु चार वर्ष कुर्नु पर्ने भयो।” वारेनले भनिन्।

मिनेसोटाकी सिनेटर एमी क्लोबुचरले पनि यसै साता उम्मेदवारी परित्याग गर्नु भएको थियो भने अरु दुई महिला सिनेटरहरु क्यालिफोर्नियाकी कमला ह्यारिस र न्यूयोर्ककी कस्र्टन गिलिब्रान्डले पनि केहीअघि नै उम्मेदवारी त्यागेका थिए।

 महिला वा नारीवादी स्वरलाई दबाइएको हो कि भन्ने प्रश्नमा सिनेटर वारेनले भनिन्, “महिलालाई माथिल्लो पद अझै दिनु हुँदैन भन्ने भ्रमपूर्ण मानसिकताले यसपटक पनि काम गरेको छ।” रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .