ad ad

राजनीति


उपसभामुखबारे माओवादीको प्रश्न– समाजिक सेवाबाट आएको व्यक्ति हटाउन चारैतिरबाट शक्तिको प्रयोग?

उपसभामुखबारे माओवादीको प्रश्न– समाजिक सेवाबाट आएको व्यक्ति हटाउन चारैतिरबाट शक्तिको प्रयोग?

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसदमा प्रवेश हुनु दुःखदायी भएको बताएका हुन्। 

सहमतिको आधारमा उपसभामुख बनेकी इन्दिरा राना मगरलाई हटाउनुले लोकतन्त्र अगाडी बढ्न नसक्ने धारणा राख्दै उनले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडी बढ्न नसक्ने बताए।

‘सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुई तिहाई सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ। यसले लोकतन्त्र अगाडी बढ्न सक्दैन। यसले लोकतन्त्रको संरक्षण र विकास, सहकार्यको प्रणाली यो देशमा अगाडी बढ्न सक्दैन,’ उनले भने, ‘त्यसो नगर्नको निम्ति हामी खबरदारी गर्न चाहन्छौँ। प्रश्न उठेर राजीनामा दिने हो भने दसौँ मन्त्रीका प्रश्न उठेका छन् अहिले। राजीनामा दिन तयार हुनुहुन्छ?’

सरकारका मन्त्रीमाथि भुटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टी स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनी प्रश्न गरे।

‘लाउडामा प्रश्न उठ्यो। वाइडबडीमा प्रश्न उठ्यो। भुटानी शरणार्थीमा प्रश्न उठ्यो। बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो। गिरिबन्धु टी स्टेटमा प्रश्न उठ्यो। राजीनामा दिन तयार हुनुहुन्छ? छानबिन होस्। एकजना सामाजिक सेवाबाट आएको उपसभामुखलाई चारै तिरबाट शक्तिको प्रयोग गर्ने?,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .