ad ad

राजनीति


सरकार सर्वोच्चको फैसला पुनरवलोकनमा जानुपर्छः कांग्रेस सांसद केसी

सरकार सर्वोच्चको फैसला पुनरवलोकनमा जानुपर्छः कांग्रेस सांसद केसी

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८१ सोमबार १५:११, काठमाडौँ

नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलामाथि तत्काल पुनरवलोकन गर्न सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पुनरवलोकन नगरिए काठमाडौँमा एउटा विद्रोहको हुने चेतावनी समेत दिएका छन्।

सांसद केसीले काठमाडौँको नदी किनारामा ३-४ आना जग्गामा घर बनाएर बसेका नागरिकलाई बिचल्ली बनाउने गरी सर्वोच्च अदालतले आदेश दिएकाले त्यसलाई रोक्नका लागि सरकारले पुनरवलोकनमा जाने निर्णय लिनु सकारात्मक रहेको पनि बताए।

सांसद केसीले यस विषयमा जनताको पक्षमा आवाज उठाउन नगरपालिकाहरूलाई पनि आग्रह गरे। 

उनले भने, ‘तत्कालै पुनरवलोकनमा जानु अहिलेको आवश्यकता हो। त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यक्ता छ। नत्र काठमाडौँमा यसैले एउटा विद्रोहको स्थिति निर्माण गर्न सक्ने परिवेश मैले बुझेको हुनाले मैले फेरि पनि सभामुखज्यूलाई अनुरोध गरेँ। यो प्रत्यक्षरूपमा जनतासँग सरोकार राख्ने विषयवस्तु, त्यसमा पनि चार आना, तीन आना जग्गा लिएर घर बनाएर बसेका देशका विभिन्न भागबाट आएका जनतालाई बिचल्ली पार्ने, उनीहरूलाई अन्यायमा पार्ने स्थितिबाट सरकारले विश्वासमा लिने काम गरोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .