राजनीति


खुलामञ्चमा युवाहरूले विरोध जनाउनु शुभ संकेत होइन : लिङ्देन

खुलामञ्चमा युवाहरूले विरोध जनाउनु शुभ संकेत होइन : लिङ्देन

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १७:२१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले जनाएको विरोध शुभ संकेत नभएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरूको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताए। उनले सरकारले विरोध गर्ने युवाहरूलाई पक्रेर दमन गर्न नसक्ने बताए।

उनले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले भने, ‘अस्ति भर्खरै खुल्लामञ्चमा केही युवाहरूले विरोध जनाए। त्यसलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने। अथवा हामीले सुध्रिनुपर्ने थुप्रै कुराहरू रहेछन् भनेर त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने ठाउँमा त्यहाँ सरकारको तर्फबाट जुन किसिमको आक्रोश देखियो। पछिल्लो दिनमा जुन प्रकारका धरकपटका प्रयासहरू भए, म सरकारमा रहनुभएका सबैलाई भन्न चाहान्छु, सरकारको नेतृत्वलाई भन्न चाहन्छु, यो शुभ संकेत होइन्। यसलाई तपाईले पक्रेर र कुनै मञ्चमा ठूलो स्वरले बोलेर दमन गरेर जान सक्नुहुन्न।’  

उनले थपे, ‘यो जनताको आवाजलाई स्वीकार गर्नुस् कि अहिले जनताले सरकारको, अथवा अहिलेको व्यवस्थामा चित्त बुझाइराखेका छैनन्। र जनता विकल्प खोजिराखेका छन् भन्नेकुरालाई गम्भिरतापूर्वक लिनुस् र आफूलाई सच्याउनुस्। विगतका गलत क्रियाकलापहरु नदोहोर्‍याउनुस्।’

उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad