ad ad

राजनीति


एकीकृत समाजवादीका यी ६ जना पदाधिकारीले दिए बढुवा हुन मनोनयन

एकीकृत समाजवादीका यी ६ जना पदाधिकारीले दिए बढुवा हुन मनोनयन

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १२:२९, काठमाडौँ

एकीकृत समाजवादीका ६ जना पदाधिकारीले बढुवा हुनेगरी मनोनयन दर्ता गराएका छन्। यसअघिको कमिटीका ६ जना पदाधिकारीले बढुवा हुनेगरी उम्मेदारी मनोनयन गराएका हुन्। 

२०७८ साल कात्तिक १० गते एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी बाँडफाँट गर्दा उपमहासचिव चार जना, सचिव २ जनाले दुईतह माथिको पदमा उम्मेदवारी दिएका हुन्। 

प्रकाश ज्लाला, डा. गंगालाल तुलाधर, डा.विजय पौडेल र जगन्नाथ खतिवडाले खुला उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।

त्यस्तै, सचिवद्वय रामकुमारी झांक्री र राजेन्द्र राईले पनि उपाध्यक्षका लागि मनोनयन दर्ता गराएक छन्।

पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि आजै मतदान हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .