गएको पाँच वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा ४ अर्ब ४६ करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय विदेश मन्त्रालले जनाएको छ।
विदेश राज्यमन्त्री भी मुरलीधरणले लोकसभामा खर्चको जानकारी दिएका हुन्। विमान चार्टर गरेको खर्च पनि यसमा जोडिएको छ।
सन् २०१५–१६ मा मोदीको विदेश भ्रमणमा १२१ करोड, २०१६–१७ मा ७८.५२ करोड, त्यसपछिको वर्षमा ९९ करोड र २०१८–१९ मा १ सय करोड खर्च भएको मुरलीधरणले जनाए।
त्यस्तै यो वर्ष ४६ करोड खर्च भएको पनि उनले बताए। एजेन्सी
प्रतिक्रिया