प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने प्रतिनिधिमण्डलमा महिला अनिवार्य हुनुपर्ने नियम आफूले अहिले बनाएको बताएका छन्।
शनिबार राजधानीमा आयोजित ‘काठमाडौं युथ कनक्लेभ २०२४’मा सम्बोधन गर्दै ओलीले एक जना मात्रै बोलाएको खण्डमा मात्रै अन्यथता हुन सक्ने बताए।
‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुष मात्रैको डेलिगेसन (एक जना मात्रै बोलाएको छ भने बेग्लै कुरा) विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन,’ ओलीले भने, ‘डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ। त्यो रुल (नियम)अहिले मैले सरकारको बनाएको छु।’
उनले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र मुख्यसचिव आफ्नै कार्यकालमा महिला बनाएको दाबी समेत गरे। ओलीले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत सुनिश्चित गर्ने कुरामा पनि आफ्नो भूमिका रहेको जिकिर गरे।
558
Shares

प्रतिक्रिया