ad ad

राजनीति


कांग्रेस–एमाले सरकार ‘अन्तिम भोज’ जस्तै हुनेछ : लामिछाने

कांग्रेस–एमाले सरकार ‘अन्तिम भोज’ जस्तै हुनेछ : लामिछाने

नेपालखबर
भदौ ८, २०८१ शनिबार १३:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार ‘अन्तिम भोज’ जस्तै हुने दाबी गरेका छन्।

चितवनको राप्ती नगरपालिकाको डडुवामा शनिबार आयोजित पार्टी कार्यक्रममा उनले फेरि अवसर नआउला कि जसरी दुई ठूला दल मिलेर सरकार बनाएको भन्दै यसले जनताको पक्षमा काम गरेर औचित्य पुष्टी गर्नुपर्ने बताए।

‘सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन,’ चितवन क्षेत्र नम्बर–२ का सांसदसमेत रहनुभएका लामिछानेले भने, ‘तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अबसर उहाँहरुको लागि  ‘अन्तिम भोज’जस्तै हुनेछ।’

भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने तर बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए।

सभापति लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बदनाम गर्न खोजिएको समेत जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .