ad ad

राजनीति


गोर्खा मिडियाका सञ्चालक जोशीसँग सहकारी छानबिन समितिले लियो बयान

गोर्खा मिडियाका सञ्चालक जोशीसँग सहकारी छानबिन समितिले लियो बयान

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १४:३, काठमाडौँ

सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिएको छ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बोलाएर शुक्रबार जोशीसँग बयान लिइएको हो। पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामा आएको बचतकर्ताको रकमबारे जोशीसँग बयान लिइएको हो।

उनीसँगै आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पनि गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा समितिले बयान लिँदैछ। 

उनको बयान केहीबेरपछि सुरु हुनेछ। 

देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइरहेको छ। 

समितिका सभापति सूर्य थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको र अब प्रतिवेदन लेखनमा केन्द्रीत हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .