ad ad

राजनीति


आज प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै, रातिदेखि नै यस्तो तयारी

आज प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै, रातिदेखि नै यस्तो तयारी

नेपालखबर
फागुन २१, २०७६ बुधबार ०:३८,

प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ।

१२ वर्षअघि पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो।

त्यसका लागि उनी अस्ती (सोमबार)देखि नै अस्पताल भर्ना भएका छन्।

उपचारमा संलग्न डाक्टरहरूका अनुसार प्रधानमन्त्री ओलीको आज बुधबार बिहान ९ बजे मिर्गाैला प्रत्यारोपण गरिनेछ।

त्यसका लागि उनलाई मंगलबार राति १२ बजेदेखि नै केही खान नदिइएको चिकित्सकले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

teachinghospital

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने झापाकी समीक्षा संग्रोलाले मिर्गौला दिनेछिन्।

पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि गत कात्तिक १४ गतेदेखि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराइरहेका छन्।

हालै ६९औं जन्मोत्सव मनाएका प्रधानमन्त्री ओलीको उच्च मनोबल देखेर चिकित्सकसमेत चकित परेका छन्।

याे पनि : 

यी हुन् ओलीको मिर्गौला प्रत्यारोपणमा खटिएका चिकित्सक

प्रधानमन्त्रीले डाक्टरलाई भने : एक हप्तामा क्याबिनेट बोलाउँछु

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .