ad ad

राजनीति


प्रधानमन्त्री रोजगारजस्ता पद जोडेर कार्यक्रमका नाम नराख्न ओलीको निर्देशन

प्रधानमन्त्री रोजगारजस्ता पद जोडेर कार्यक्रमका नाम नराख्न ओलीको निर्देशन

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १९:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला पद जोडेर कार्यक्रमका नाम नराख्न मातहत संयन्त्रलाई निर्देशन दिएका छन्।

मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि उनले यस्तो निर्देशन दिएका हुन्।

उनले भने, ‘प्रधानमन्त्रीसँग रोजगारजस्ता ठूला पदका नामबाट कार्यक्रम नराख्ने। कहाँ निर्णय गरेर हुन्छ परिवर्तन गर्ने। जनतासँग रोजगारजस्ता नाम राख्ने। केन्द्रको सिको गरेर मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्, त्यो उपयुक्त होइन। नयाँपन पनि भएन।’

युवा र खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न प्रधानमन्त्रीको निर्देशन छ।

यस्तै पुँजीगत खर्च शत प्रतिशत गर्न र बेरुजु नहुने गरी काम गर्न पनि उनले भनेका छन्।

दसौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउनका लागि केके गर्नुपर्नेछ, आवश्यक प्रस्ताव ल्याउन पनि उनले निर्देशन दिएका छन्।

खाद्यान्नमा आत्मनिर्भर हुने र बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र कृषि उपजलाई निर्यात गर्न सक्ने आधार तय गर्न पनि उनले भनेका छन्।

‘कानुन मात्रै धेरै बनाइयो भनेर हुन्न,’ उनले भने, ‘गरीबलाई कानुन मात्रै दिएर के काम? कानुनले खान दिँदैन। त्यसैले विकासको लक्ष्यलाई केन्द्रमा राख्नुस्, साधनलाई होइन। हामीले नगरे कसले गर्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .