नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलसँग सोमबार बिहान खुमलटारमा भेटवार्ता भएको हो।
भेटवार्तामा समसामयिक विषयमा छलफल भएको नेता महरले जानकारी गराएका छन्।
नेविसंघकोे राजनीतिबाट उदाएका नेता महर पछिल्लो समय पार्टीमा प्रभावशाली भूमिकामा देखिँदै आएका छन्।
यसअघि उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर भेट गरेका थिए।
1.4k
Shares
प्रतिक्रिया