ad ad

राजनीति


समाज परिवर्तन र विकासको राजनीति चाहेका छौँ : खेलकुदमन्त्री चौधरी

समाज परिवर्तन र विकासको राजनीति चाहेका छौँ : खेलकुदमन्त्री चौधरी

नेपालखबर
साउन २७, २०८१ आइतबार १३:३६, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन्।

ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए। 

विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गर्दै उनले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरू हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे। 

‘अहिले विद्यालयमा खेलकुदहरु छैनन्। डिजिटल गर्दा बिस्तारै बिस्तारै खेलकुद हट्दै गएको छ। स्कुलमा खेलकुद गराउँदैन। किनभने पहिला पहिला खेलकुदको साधन हुन्थ्यो। खेल्ने ठाउँ हुन्थ्यो, अहिले खेलकुद छैन। भएको खेलकुदको ठाउँमा सटर बन्ने काम भइरहेको छ। डिजिटल गर्नुस् तर त्यसको विकृति र विसंगतिलाई पनि नियन्त्रण गर्नुस्,’ उनले भने।

डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो। 

‘जबसम्म शिक्षा र खेलकुद एउटै मन्त्रालयमा हुन सकेन भने काम हुँदैन। विद्यार्थीलाई खेलकुदमा जोड्न सक्नुभएन भने, विद्यार्थीलाई त्यसमा कुदाउन, उफार्न नसके पढाई कमजोर हुन्छ। विद्यार्थीकालमा नै उसलाई लिडरसिप बढाउने हो। उसलाई त्यो बेलामा राजनीति सिकाउने होइन। अब हामीले सत्ता परिवर्तन गर्ने राजनीति होइन, हामी समाज परिवर्तन, विकासको राजनीति चाहेका।’

युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .