ad ad

राजनीति


संविधानका अधिकारलाई सुरक्षित राखेर कमजोरीमा ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

संविधानका अधिकारलाई सुरक्षित राखेर कमजोरीमा ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

नेपालखबर
साउन २७, २०८१ आइतबार ११:५६, काठमाडौँ

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।

ललितपुरमा आइतबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेका कार्यक्रममा बोल्दै उनले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए। 

‘म त अधिकार नै नभएको, राजनीतिक पार्टी ब्यान्ड भएको जमानाबाट हुर्किएको युवा हो। अहिले भएका अधिकारहरु कसरी हामीले कार्यान्वयन गर्ने? त्यसबाट बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर हामी लाग्नुपर्छ। प्राप्त गरेको अधिकारलाई मिनिमाइज गरेर, यो केही होइन, अझ बढी चाहिन्छ भनेर हामी अघि बढ्दा पाएका कुरा गुमिरहेका छन्,’ उनले भने।

प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हामीले अहिले पोलिटिक्स राइट्सहरु प्राप्त गरेका छौँ। जुन २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि हामीले प्राप्त गरेका अधिकारहरूलाई अब हामीले सुरक्षित राख्दै, परिमार्जित गर्दै कार्यान्वयन पक्षमा केही कमी कमजोरी भएको छ भने त्यसमा के गर्दा हुन्छ, भन्नेकुरामा हामीले हेर्नु राम्रो होला।’

अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .