ad ad

राजनीति


अधिकार प्रयोग गर्न नपाएको कांग्रेस प्रदेश अध्यक्षहरूको गुनासो

अधिकार प्रयोग गर्न नपाएको कांग्रेस प्रदेश अध्यक्षहरूको गुनासो

नेपालखबर
साउन २४, २०८१ बिहिबार १९:२७, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ।

बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो।

बिहीवारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधवार प्रस्तुत भएका ११ वटा एजेन्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको बताए।

उनले भने, ‘हिजो ११ वटा एजेण्डा छलफलका लागि केन्द्रीय समितिको बैठकमा प्रस्तुत भएको थियो। तिनै विषयमा आज प्रदेशका प्रदेश प्रमुखले बोले। केन्द्रीय समितिका साथीहरूले पनि बोल्न थाल्नुभएको छ। भोलि र पर्सि पनि यो बैठकले निरन्तरता पाउँछ। २८ गतेसम्म बैठक टुंग्याउने गरी छलफल अघि बढेको छ।’

प्रवक्ता महतले प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएकोबारे गुनासो गरेका पनि बताए।

उनले भने, ‘जुन संरचनाको जिम्मेवारीमा साथीहरू हुनुहुन्छ, त्यसको बारेमा बोल्नु स्वभाविक नै भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .