राजनीति


बालिकाको मुद्दामा शेरधनले भनेः अदालतमै आएर पत्र बुझ्छु

बालिकाको मुद्दामा शेरधनले भनेः अदालतमै आएर पत्र बुझ्छु

नेपालखबर
फागुन १९, २०७६ सोमबार १४:५३,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफूविरुद्धको मुद्दाबारे अदालतको पत्र बुझ्न काठमाडौं नै आउने भएका छन्।

जिल्ला अदालत काठमाडौंका अनुसार मुख्यमन्त्री राई आफैँ उपस्थित हुने भनेपछि उनलाई अदालतले म्याद तामेली गरेको छैन। 

तत्कालीन नेकपा एमालेको भातृ संगठन युवा संघकी केन्द्रीय सदस्य बालिका खड्काले उनीसँग पति कायम गरी अंश पाऊँ भनी गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्।

मुद्दा दर्ता भएको तीन दिनभित्र म्याद जारी गरिने भएपनि प्रतिवादीले आफैं उपस्थित हुने भनेको अवस्थामा ७ दिनसम्म पर्खिन सकिने कानुनी प्रावधान छ।

अब मुख्यमन्त्री राईले सात दिनभित्र नागरिकतासहित अदालतमा उपस्थित भएर पत्र बुझ्न सक्नेछन्। मुद्दाअनुसार फरक फरक अवधि राखेर अदालतले जवाफसहित उपस्थित हुन म्याद दिन्छ।

खड्काले दायर गरेको मुद्दामा मुख्यमन्त्री राईले आफूलाई पत्नीको रुपमा स्वीकार गरी शारीरिक सम्पर्क राखेको आरोप लगाएकी छिन्।

राई युवा संघको इन्चार्ज हुँदाबाट चिनजान सुरु भएको र त्यसपछि दुवैबीच प्रेम भएको खड्काले दाबी गरेकी छन्।

यो पनि:

पाँच वर्षको सम्बन्धमा शेरधनमाथि बालिकाका १० आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad