कारोबार


लिकर्सद्वारा गायक दीपक बज्राचार्यसँग साँगीतिक सहकार्य सम्झौता

लिकर्सद्वारा गायक दीपक बज्राचार्यसँग साँगीतिक सहकार्य सम्झौता

नेपालखबर
फागुन १९, २०७६ सोमबार १५:२,

नेपाल लिकर्स प्राइभेट लिमिटेड र गायक दीपक बज्राचार्यबीच सांगीतिक सहकार्य गर्ने सम्झौता भएको छ। ‘प्यासन’ नै संगीतको उर्जा रहेको नेपाल लिकर्सको मान्यता अनुसार सामाजिक उत्तरदायित्व स्वरुप नेपाल लिकर्सले गायक बज्राचार्यसँग सहकार्य सम्झौता गरेको जनाएको छ।

विगत लामो समयदेखि बज्राचार्यसँग नेपाल लिकर्सले विभिन्न कार्यक्रममा सहकार्य गर्दै आइरहेको थियो। तीनदशक नेपाली संगीतमा योगदान दिएका दीपक बज्राचार्यको नेपाली पप संगीतमा विशिष्ट पहिचान रहेको छ।

नेपाल लिकर्सले नेपाली कला, संगीत संस्कृतिको प्रबर्धनलाई सदैव पहिलो प्राथमिकता दिँदै आइरहेको जनाएको छ। कम्पनीको स्थापनाकाल देखि नै बिभिन्न सांगीतिक कार्यक्रम, महोत्सवलाई प्रायोजन गर्दै नेपाल लिकर्सले प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको थियो।

यस सहकार्यले नेपाली संगीतको विकास तथा प्रबद्र्धनमा प्रेरणामूलक तथा महत्वपूर्ण भूमिका खेल्ने लिकर्सले जनाएको छ।

नेपाल लिकर्सका कार्यकारी अध्यक्ष तथा नेपाली उद्योगी राजेश बिर सिंह तुलाधरले भने ‘नेपाल लिकर्स नेपालीगीत संगीतको प्रर्वद्धन संधै सचेत रहेको छ र यसै क्रममा आजबाट हामीले नेपाली संगीतका चम्किला हस्ती दिपक बज्राचार्यसंग सहकार्य प्रारम्भ गरेका छौं। गुणस्तरको मामलामादेखि नेपालीहरुमा लोकप्रिय रहेको नेपाललिकर्स को उत्पादन थप प्रर्वद्र्धन हुने आसा समेत लिएका छौं। आगामी दिनमा पनि हामी नेपाली गीत संगीत र कलाकारहरुको उत्थानका निम्ति सदा सरिक हुनेछौं।’

नेपाललिकर्स नेपालमा एन्टीकइटी ब्ल व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रेएर व्हिस्की, रोएल च्यालेन्ज व्हिस्की, म्याकडोवेल्स व्हिस्की, ब्लु रिव्यान्ड जिनको उत्पादनगर्दै आइरहेको छ। उत्कृष्ट कच्चापदार्थ तथा उच्चस्तरीय प्रविधीबाट अन्तर्राष्ट्रिय स्वाद तथा स्ट्यान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad