ad ad

राजनीति


दुई वर्षसम्म पार्टी काममा नदेखिएपछि निष्कासनमा परे मणि थापा

दुई वर्षसम्म पार्टी काममा नदेखिएपछि निष्कासनमा परे मणि थापा

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १८:९, काठमाडौँ

विगत दुई पार्टीमा निस्क्रिय बसेपछि नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापालाई पार्टी जिम्मेवारीबाट मुक्त गराइएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीका तीनवटा बैठकमा लगातार अनुपस्थित भएको व्यक्ति स्वतः जिम्मेवारीबाट हट्ने प्रावधान छ। 

सोही प्रावधान अनुसार थापाको जिम्मेवारी खारेज भएको गौतमले नेपालखबरलाई बताए। 

‘दुई वर्षदेखि उहाँ (मणि थापा) पार्टीका कुनै काममा हुनुहुन्न। पार्टीमा तीनवटा बैठकमा अनुपस्थित भएको खण्डमा स्वतः पदमुक्त हुन्छ,’ उनले भने। 

२०८० वैशाख २८ देखि ३० सम्म बसेको एमालेको केन्द्रीय कमिटी बैठकपछि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि)मा पनि मणिले बिदा स्वीकृत गराएको उल्लेख गरिएको थियो।

थापाले २०७९ साउनमा काभ्रेमा भएको एक कार्यक्रममा एमाले पार्टीप्रति थापाले गरेको आलोचनाले अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट थिए।त्यतिखेर थापाले एमाले दक्षिणपन्थी पार्टी भएकाले काम नलाग्ने बताएका थिए।

त्यसयता उनी एमालेका कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

२०७७ फागुन २३ मा नेकपा भंग गर्ने फैसला गरेपछि एमाले र माओवादी केन्द्र ब्युँताएको थियो। त्यसबेला थापासहित रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका केही नेताहरू माओवादीमा फर्किएका थिएनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .