ad ad

राजनीति


एकीकृत समाजवादीको केन्द्रीय कमिटी र आयोगलाई पूर्णता दिने जिम्मेवारी तीन नेतालाई

एकीकृत समाजवादीको केन्द्रीय कमिटी र आयोगलाई पूर्णता दिने जिम्मेवारी तीन नेतालाई

नेपालखबर
साउन १६, २०८१ बुधबार १६:३४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय कमिटी र केन्द्रीय आयोगलाई पूर्णता दिन गृहकार्य गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ। 

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले ‘केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयनकाबारेमा गृहकार्य’ गर्न तीन सदस्यी कार्यदल बनाउने निर्णय गरेको हो।

कार्यदलमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेका छन्। आयोगले साउन १८ मा बस्ने केन्द्रीय कमिटीको बैठक अगावै टुंगो लगाउने छ। 

एकीकृत समाजवादको हालै सकिएको १० औं महाधिवेशनले अध्यक्षसहितका केही पदाधिकारी र केन्द्रीय सदस्य चयन गरे पनि पूर्णता दिन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .