ad ad

राजनीति


चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्नेछ : राजदूत सोङ

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्नेछ : राजदूत सोङ

नेपालखबर
साउन १२, २०८१ शनिबार १६:२३, काठमाडौँ

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पुँजी र श्रम बजारलाई व्यवस्थित रूपमा खोल्ने बताएका छन्।  

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको हालै सम्पन्न २० औँ बैठकको तेस्रो पूर्णसत्रका निर्णयहरू चीन र विश्वलाई नै महत्त्वपूर्ण भएको जनाउँदै उनले उच्चस्तरको खुलापनले विकासका अवसर थपिने र नेपालजस्ता विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने विश्वास दिलाए। 

उनले शनिबार दिएको वक्तव्यमा राजधानी बेजिङमा गत असार ३१ देखि साउन ३ गतेसम्म चलेको प्लेनरी सेसनले चीनको आर्थिक एवं सामाजिक विकासको नयाँ खाका कोरेको बताउँदै यो चीन र विश्वलाई नै ठूलो महत्त्वको भएको दाबी गरे। 

चिनियाँ राजदूतले भनेका छन्, ‘स्वदेशी तथा विदेशी उद्यमी तथा पर्यवेक्षकहरूले पनि सो तेस्रो पूर्ण बैठकले चीनलाई मात्र नभई सम्पूर्ण विश्वलाई सकारात्मक र न्यानो संकेत दिएको बताउनाका साथै बढ्दो भूराजनीतिक तनाव र संरक्षणवादका बीच चीनमा थप लगानी र विकास एवं विश्वमा नै स्थायित्व दिने विश्वास व्यक्त गरेका छन्।’ रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .