ad ad

राजनीति


भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर छ : पर्यटनमन्त्री पाण्डे

भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर छ : पर्यटनमन्त्री पाण्डे

नेपालखबर
साउन १२, २०८१ शनिबार १५:३६, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आायेजित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्राज्ञिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले ढुकुटी बलियो हुने आधारमा मात्रै पुँजीगत खर्च र योजना बनाउने गरिएको भन्दै अर्थतन्त्रलाई सुदृढ गर्नका लागि भ्रष्टाचार न्युनीकरण र सुशासनको प्रत्याभुति गराउनुपर्ने आवश्यकता औंल्याए। 

‘हाम्रो पुँजीगत खर्च, हामीले योजना त बनाएका छौँ, कार्यक्रम त दिएका छौँ। तर त्यो ऋणात्मक हिसावले हो। भोलि उठिहाल्ला, जुटिहाल्ला, ढुकुटी बलियो भइहाल्ला भन्ने आधारमा यही अर्थतन्त्र बलियो बनाउने गरी, अर्थतन्त्रलाई सुदृढ गर्नेगरी काम अघि बढाउनुपर्नेछ,’ मन्त्री पाण्डेले भने, ‘त्यसका लागि सरकारले राजनीतिक नेतृतवले लिनुपर्ने बाटो भनेकै भ्रष्टाचारको न्युनिकरण गर्ने र सुशासनको प्रत्याभुति गर्ने काम सरकारले दृढतापूर्वक गर्नुपर्छ। यस सन्दर्भमा पनि प्राज्ञहरुले विशेष ध्यान दिनुपर्छ।’ 

विश्वविद्यालयका विभिन्न विभागहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित रहेर पनि सरकारलाई सुझाव दिनसक्ने उनको भनाइ थियो।

गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, संगीत, नाट्यविधाको चर्चा गर्न उनले आग्रह गरे। 

‘हाम्रा सजगता, सीमाहरु प्राज्ञिक काम गर्नका लागि के हुन्। प्राज्ञिक काम गर्न विशुद्ध प्राज्ञिक थलो बनाउन गर्नुपर्ने काम के हुन्। यसको दोषी तपाईंहरू होइन, यसको दोषी सिंगो राज्य संयन्त्र हो। विशेष गरी राजनीतिक नेतृत्व हो। हामी हौँ। यी थलोलाई हामीले प्राज्ञिक दिशामा लिएर जानुपर्छ। गणतन्त्र र लोकतन्त्रको चर्चा राजनीतिक मान्छेलाई गर्न दिनुस्। गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, संगीत, नाट्यविधाको चर्चा गर्नुपर्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .