ad ad

राजनीति


परराष्ट्र सचिव र युनान प्रान्तका उपगभर्नरबीच भेटवार्ता

परराष्ट्र सचिव  र युनान प्रान्तका उपगभर्नरबीच भेटवार्ता

नेपालखबर
साउन १०, २०८१ बिहिबार १२:४३, काठमाडौँ

चीनमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले चीनको युनान प्रान्तका उपगभर्नर वाङ हाओसँग भेटवार्ता गरेकी छिन्। 

पाँचौं चीन–दक्षिण एसिया सहयोग सहकार्यमा मञ्चमा भाग लिन चीनको कुनमिङ पुगेकी उनले बिहीबार बिहान उपगभर्नर वाङसँग भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भेटमा उनीहरूबीच व्यापार, पर्यटन, जनस्तरको सम्बन्ध र कनेक्टिभिटीका क्षेत्रमा सहयोग लगायत आपसी हितका विषयमा छलफल भएको थियो।

बुधबार मञ्चमा सम्बोधन गर्दै परराष्ट्र सचिव लम्सालले नेपाल सरकारले ‘हिमालय सिमापार बहुआयामिक सम्पर्क संजाल’ अन्तर्गत बिकास सहकार्यलाई महत्व दिने बताएकी थिइन्।

मञ्चको साइडलाइनमा लम्सालले हिजै उनले चिनियाँ विदेश मन्त्रालयमा एसिया मामिलाका विशेष दूत रहेका डेन सिजुनसँग भेटवार्ता गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .